मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा डा सुवासश्री नियुक्त्त

विराटनगर , १२ पुस । कोशी प्रदेश सरकारले मम्नमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा डा सुवासश्री पोखरेललाई नियुक्त्त गरेको छ । विहिवार कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले डा पोखरेललाई चार बर्षे दोस्रो कार्यकालका लागि उपकुलपति नियुक्त्त गरेका हुन ।

नव नियुक्त्त उपकुलपति पोखरेललाई बुधबार नै कुलपति तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथग्रहण पनि गराएका छन । सोही क्रममा उनले दोस्रो कार्यकालका लागि नियुक्त्त भएका भिसी पोखरेललाई पहिलो कार्यकाल भन्दा पनि अझै राम्रो काम गरेर विश्वविद्यालयलाई गति दिलाउन सफल हुने विश्वास गर्दै शुभकामना दिए ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार विहान सम्पन्न नियुक्त्ती प्रदान तथा सपथग्रहण कार्यक्रमा विश्वविद्यालयका सहकुलपति समाजिक विकास मन्त्री पाँचकर्ण राई , पुर्व मन्त्री तथा विश्वविद्यालय संरक्षण समिति सदस्य जिवन घिमिरे , राजन केसी , बलभद्र थारु , रष्टिार डा दिलनाथ फुँयाल डिन डा प्रचण्डमान प्रधान ,कानुनी सल्लाहकार कोषराज न्यौपाने लगायत विश्वविद्यालय र मुख्मन्त्री कार्यालयका सचिव , स्वकिय सचिव र सल्लाहकारहरुको उपस्थिति थियो ।

सपथ ग्रहणपछि नवनियुक्त्त उपकुलपति डा सुवासश्री पोखरेलले बिहिवार नै विश्वविद्यालयमा पुगेर आफनो पदभार ग्रहण गरेका छन । उनले पदभार ग्रहणगर्दै आफनै नेतृत्वमा जग हालको कोशी प्रदेश सरकारको विश्वविद्यालयलाई आगामी चार बर्षभित्र अन्तराष्ट्रिय स्तरमा चिनाएरै छाडने प्रतिबद्धता जनाए । उनले पदाधिकारीहरु र कर्मचारीहरुलाई अघिल्लो कार्यकालमा गरेको सकारात्मक सहयोगका लागि धन्यबाद दिदै अगामी कार्यकालमा पनि कसैलाई काखा र पाखा नगरि विश्वविद्यालयको सर्बोत्तम हितका लागि सबैसँग मिलेर सहकार्य गर्ने बताए । सपथग्रहण कार्यक्रममा भिसी पोखरेलको सफल कार्यकालागि रष्ट्रिार डा दिलनाथ फुँयाल , डिन डा प्रचण्डमान प्रधान , मनमोहन पोलिटेक्किकका प्रचार्य सुदिप अधिकारी लगायतले शुभकामना दिएका थिए । सपथग्रहण कार्यक्रम अघि दोस्रो कार्यकालका लागि नियुक्त्त भएका भिसी पोखरेललाई कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

पदभार ग्रहणका क्रममा दोस्रो कार्यकालका लागि नियुक्त्त भएका उपकुलपति पोखरेलले विश्वविद्यालयको आगामी मिसन २०८५ सफल बनाउने पहिलो निर्णयमा हस्तारक्षर गरेका छन । उनकै नेतृत्वमा निर्माण भएको मनमोहनको मिसन २०८५ रणनीतिमा १८ वटा मुख्य कार्यभारहरु सम्पन्न गर्नुपर्ने रहेका छन । जसका लागि २० अर्ब भन्दा बढि रकम खर्च हुनेछ । जसमा विभिन्न आधुनिक ल्यावहरुको स्थापना भवनहरुको निर्माण , एक दर्जन निर्दैशिका र नियमावली निर्माण , आफनै शिक्षण अस्पताल निर्माणदेखी स्थातक र स्नातोकोत्तरदेखी पिएचडी सम्मको शैक्षिक कार्यक्रम संचालन लगायत रहेका छन । उनले आफनो दोस्रो कार्यकालमा जसरी भएप्नि मिसन २०८५ सफल बनाएरै छाडने प्रतिबद्धता गर्दै कर्मचारी र पदाधिकारीहरुलाई पनि आफुलाई साथ दिन आग्रह गरे । डा सुवासश्री मनमोहन विश्वविद्यालयका सँस्थापक उपकुलपति पनि हुन ।

कोशी प्रदेश सरकारले देशमा दक्ष प्राविधिक जनशक्त्तिको अभाव महशुस गरेर देस्वायत्त ऐन निर्माण गरेर २०७४ मा मोरङको बुढींगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहनेगरि देशकै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना गराएको हो । हाल यो विश्वविद्यालयले विभिन्न ऐन र निदैृशिका निर्माण गरि चार विषयमा स्नातक , दुई बिषयमा स्नातोकोत्तर र विभिन्न प्राविधिक आठ विषयका डिप्लो तहका शैक्षिक कार्यक्रम संञ्चालन गििररहेको छ ।