विराटनगर १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प नहरेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायीत्वका लागि वर्तमान दुई तिहाईको गठबन्धन सरकार गठन भएको विचार राख्न् भयो
नेता डा कोइरालाले सरकारले संविधान सुधारका सम्बन्धमा विभिन्न दलहरुसँग छलफल गर्नुपर्ने सुझाव दिनु भयो ।उहाँले मुलुकमा आर्थिक चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार सम्वेदनशील भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेता डा कोइरालाले प्रधानमन्त्रीको आगामी दिनमा हुने छिमेकी मित्र राष्ट्र चिनको भ्रमण सफल हुने विश्वास व्यक्त्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचार व्यक्त्त गर्नु भयो ।
कोशी प्रदेशमा नेपाली कांग्रेसको स्वास्थ्यमन्त्री भएको चर्चा गर्दै जनताको गुनासो नआउने गरी मन्त्रालय सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।