एमालेको घरदैलो लखन्तरीबाट शुरु

विराटनगर २८ कात्तिक । आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि एमालेले उम्मेदवारसहित घरदैलो अभियान सुरु गरेको छ ।

एमालेले ग्रामथान गाउँपालिका वडा नम्बर १ लखन्तरीबाट घरदैलो अभियान सुरु गरेको हो । घरदैलोमा उम्मेदवार तुलसीराम विश्वाससँगै एमाले केन्द्रीय सदस्य नैनकला ओझा, प्रदेश सांसद जयप्रकाश चौधरी, निवर्तमान अध्यक्ष शिवनारायण माझी सहित एमालेका नेता कार्यकर्ताहरू घरदैलोमा सहभागि भएका छन् ।

एमालेको घरदैलो कार्यक्रममा स्थानीवासीले गाउँपालिकामा एमालेकै नेतृत्व आवस्यक भएको बताएका छन् । ग्रामथानका पूर्व अध्यक्ष शिवनारायण माझी, वडा नं. २ का पूर्व वडाध्यक्ष कृष्ण माझी लगायतका नेताहरुले एमालेको नेतृत्व स्थापित गर्न एक जुट भएर लाग्नु पर्ने बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य नैनकला ओझाले ग्रामथानको आगामी नेतृत्वका लागि एमाले उम्मेदवार तुलसीराम विश्वास योग्य रहेको बताउनुभयो । उहाँले स्थानीयवासीलाई चुनावी प्रतिबद्धता अनुशार एमालेले काम गर्ने बताउनुभयो ।

एमाले प्रदेश सभा सदस्य जयप्रकाश चौधरीले ग्रामथानको मुहार फेर्नका लागि एमालेको नेतृत्व आवस्यक भएको बताउनुभयो ।