विराटनगर २५ कात्तिक । कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी अनुसंधानका लागि काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ ।
आज १ वजेर ५० मिनेटको फ्लाइटमा काठमाण्डौं जाने तयारीमा रहेको बताउनु भएको छ । अरुणखवरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘ अहिले म पक्राउ परेको छैन । अरु कोे पक्राउ परे थाहा भएन ।’ पूर्वमन्त्री अधिकारीले आफु भागेर कतै नजाने र खोजेर पक्राउ गर्नु नपर्ने उहाँले बताउनुभयो ।
२ घण्टा अघि नै पत्रकार साथीहरुलाई काठमाण्डौं जाने भनेर यसअघि नै मैले भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रमाण सहित अनुसन्धानका लागि जादैछु । अपराधको सूचना पहिले मैले नै दिएको हो । अहिले विराटनगर घरमा मा छु । भरे के होला थाहा भएन ।’ अपराध गरेको रहेछु भने मैले मुक्ती पाउँदिन उहाँले भन्नुभयो ।
प्रदेश सरकारको स्वीकृति बेगर जापान गएको विषयमा आलोचना भएपछि कात्तिक २१ गते अधिकारीले राजीनामा दिनु भएको थियो ।