विराटनगर २४ कात्तिक । मोरङको ग्रामथान गाउँपालिका झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाको निक्षेप (बचत) १५ करोड ३५ लाख ४७ हजार १६९ रुपैया ८९ पैसा रहेको छ ।
सहकारीको १२ औं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा सहकारीकी अध्यक्ष उमा घिमिरेद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनका अनुसार सहकारीले आर्थिक बर्ष २०८१÷०८२ मा निक्षेप बढाएर १८ करोड ५० लाख पुर्याउने लक्ष्य राखेको छ ।
सहकारीको शेयर पूजीँ ३ करोड ५६ लाख २६ हजार ६ सय रुपैया रहेको छ भने आर्थिक बर्ष २०८१÷०८२ मा ४ करोड पुर्याउने लक्ष्य राखेको छ भने २० हजारभन्दा कम शेयर रकम हुने सदस्यलाई २० हजार पु्रयाउन आग्रह गरिने प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीले ३८ लाख ०४ हजार ४९७ रुपैया ५० पैसा नाफा कमाएको छ । सहकारीले धितोमा २० लाखसम्म र जवानी धितोमा ५ लाखसम्म ऋण लगानी गर्ने गरेको अध्यक्ष घिमिरेले जानकारी दिईन ।
सहकारीमा ३ हजार शेयर सदस्य रहेका छन् । जसमा महिला १७५० जना र पुरुष १२५० जना रहेका छन् । साधारण सभाको अवसरमा लेखा समितिको प्रतिवेदन समितिकी सदस्य निर्मला आचार्यले प्रस्तुत गरेकी थिईन ।
साधारणसभाको उद्घाटन गर्दै कोशी प्रदेश सभा सदस्य ललिता कुमारी चौधरीले सहकारी गरिबहरुको साहारा बनेको बताउनुभयोे । रेमिट साकोसको १२ औं बार्षिक साधारण सभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै सासंद चौधरीले थोरै रकम जम्मा गरेर आवश्यक परेको बेलामा सजिलै लिन सक्ने माध्यम सहकारी रहेको बताउनुभयो ।
रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेड झोराहाटले आफ्नो १२ औं बार्षिक साधारण सभाको अवसरमा विभिन्न विधामा सम्मान गरेको छ । साधारण सभाको अवसरमा जेष्ठ सदस्य, असल बचतकर्ता, असल ऋणि, एसईईमा उत्कृष्ट नम्बर ल्याएर उर्तिण हुने छात्र छात्रा र पत्रकारलाई सम्मान गरेको हो ।
जेष्ठ सदस्य सम्मानबाट लिलानाथ खतिवडा, इन्द्रलाल खाँ र पार्वती देवि कोइराला सम्मानित भएका छन् । त्यस्तै ऋणीतर्फ सावित्रा देवि बराल र कमल साह सम्मानित भएका छन् भने बचततर्फ गोपाल प्रसाद खतिवडा सम्मानित भएका छन् ।
शेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्कृष्ट नम्बर ल्याउने छात्रा अनुस्किृती खतिवडा र छात्र युगेश खनाल सम्माति भएका छन् ।
सहकारीले हरेक बर्ष एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ । सोही अनुसार सहकारीले यो बर्षको सहकारी पत्रकारिता पुरस्कारबाट विराटनगरकी पत्रकार चीना थापालाई सम्मान गरेको छ ।