विराटनगर, ३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेबाट अध्यक्षकी उम्मेदवार राजमति इङ्नाम ८ हजार ९७५ मत ल्याएर निर्वाचित भएकी हुन । उनले नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई ३ हजार १२९ मतअन्तरले पराजित गरेकी हुन । भट्टराईले ५ हजार ८४६ मत ल्याएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा एमालेकै भोलाप्रसाद अधिकारी विजयी भएका छन् । अधिकारीले ९ हजार ५७० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्दी कांग्रेसकी मनकुमारी गुरुङले ७ हजार ८१८ मत ल्याएकी छिन् ।
अध्यक्षमा विजयी इङ्नाम ०७४ को स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिईन ।