सुनसरीकाे १२ पालिका मध्ये आठ पालिकाकाे १२ वडाकाे नतिजा सार्वजनिक

सुनसरी, जेठ १ गते । सुनसरी जिल्लाकाे १२ पालिका मध्ये आठ पालिकामा १२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ भने दुहवी नगरपालिका १ मा र सीमावर्ती वर्जु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेकपा एकिकृत समाजवादी, हरिनगर गाउँपालिका वडा नम्बर ७ मा नेपाली काग्रेंस र भोक्राहा नरसिंह गाउँपालिका १ नम्बर वडामा राप्रपा, वडा नम्बर २ मा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । धरानमा १ र ३ नम्बर वटामा काग्रेंस र २ मा एमालेका वडा अधयक्ष विजयी भएका छन् ।

इटहरी २० मा पनि नेपाली काग्रेंसको प्यानल विजयी भएको छ भने कोशी गाउँपालिका १ मा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ ।  जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१ नम्बर वडामा राष्टिय प्रजातन्त्र पार्टीको प्यानल विजयी भएको छ । भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।

मेहताले एक हजार ९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले जानकारी दिनुभयो । यस वडामा ३ हजार २ सय २८ मतदाता रहेकोमा त्यसमध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएर पराजीत हुनुभएको छ । सदस्यहरूमा राप्रपाकै अकुल महतो ७२९, अमजाद मिँया ६१५, सरिता उराँव ८२५ र दलित महिला सदस्यमा आरतिदेवी शर्माले ८४६ मत ल्याइ निर्वाचित हुनुभएको छ । त्यसैगरी सीमावर्ती हरिनगर गाउँपालिका–७ नम्बर वडामा नेकपा ऐकिकृत समाजवादी पार्टीको प्यानल विजयी भएको छ । वडा नं ७ को वडा अध्यक्षमा नेकपा ऐसका मोज्जमिल खान र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित हुनुभएको निर्वाचन अधिकृत मोहन घिमिरेले जानकारी दिनुभयो ।

यस वडाका सदस्यहरूमा नेकपा एसकै सैमुल खातुन, बबितादेवी सरदार, तफेजुल अंसारी र सईदुरहमान अंसारी निर्वाचित हुनुभएको छ । दुहबी नगरपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका मो.अजुल हुसेनले ९२९ मत ल्याएर विजयी हुनुभएको छ । वहाँका निटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका जाकिर हुसेन मियाँले ८१३ मत ल्याउनुभएको छ ।त्यसैगरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ । इनरुवा नगरपालिका वडा नं १ को वडा अध्यक्षमा काग्रेंसका प्रमोद पोखरेल र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् । 

बर्जु गाउँपालिका–१ मा वडा अध्यक्षमा नेकपा एमालेका दिलबहादुर गुरुगंले ९१६ मत ल्याएर विजयी हुनुभएको छ । वहाँका निटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका मनोज गच्छदारले ६८९ मत ल्याउनुभएको छ ।जिल्लाको कोशी गाउँपालिका–१ नम्बर वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी भएको छ । कोशी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपाका सोभितनारायण यादव र उहाँका प्यानलैबाटै चार जना सदस्यहरु निर्वाचित भएका छन् ।

यादवले ८७५ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयो । यस वडामा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मलकुमार मण्डलले ७०९ मत ल्याएर पराजीत हुनुभएको छ । सदस्यहरूमा जसपाकै खुल्ला सदस्य निधिर मण्डल र भुपेन्द्र उराँव, महिला सदस्यमा निर्मला कुमारी मण्डल र दलित महिला सदस्यमा सतनीदेवी सदा निर्वाचित हुनुभएको छ । उता भोक्राहा नरसिंह वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार आलम अन्सारी विजयी हुनुभएको छ । त्यसैगरी धरान उपमहानगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा यज्ञमणि आचार्यले ७५७ मत प्राप्त गरेर विजयी विजयी हुनुभएको छ भने उनका प्रतिद्वन्द्वी राप्रपाका रोशन अधिकारीले ७०३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी वडा सदस्य तर्फ महिला सदस्यमा रहिसा कसजुले ८८९ मत, दलित महिला सदस्य रिता सुन्दासले ८६०, खुल्ला सदस्य तर्फ विनोद मानन्धरले ७८१ र उज्ज्वल बास्तोलाले ६९६ मत प्राप्त गरेर विजयी भएका छन् । धरान उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका रमेश राई वडा अध्यक्षमा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा २ मा एमालेबाट वडाध्यक्ष राईले ७४८ मत ल्याएर विजयी हुनुभएको छ भने कांग्रेसका उम्मेद्वार सुधीरसिंह लिम्बूले ६२७ मत पाउनुभएको छ । एमालेबाट सदस्यमा विजयी समीर राई, दलित महिला सदस्यमा कांग्रेसका बुनु शंकर, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठ र दिनेश अग्रवाल विजयी हुनुभएको छ ।

त्यस्तै धरान–३ गठबन्धनबाट नेपाली काँग्रेसका विद्या शाक्यले १०८० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गर्नुभएको छ । यस वडामा महिला सदस्यमा उषा सुब्बा श्रेष्ठले १०४२, दलित महिला सदस्यमा शोभा विकले ५७५, खुल्ला वडा सदस्यमा मनिष खड्गीले ११०६ र मिङ्मा भोटे शेर्पाले ९९९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । 

इटहरी उपमहानगरपालिका २० नम्बर वडामा नेपाली काग्रेंसका मणिराम श्रेष्ठको प्यानल बिजय भएको छ  ।उता हरिनगर गाउँपालिका वडा नम्बर ६ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार महमद तैयव अंसारी विजयी हुनुभएको छ ।