कोइरालाको अध्यक्षतामा २०३ सदस्यीय एमाले विराटनगर संगठन कमिटी गठन

विराटनगर १० असोज । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको अध्यक्षमा रोहित कोइरालालाई चयन गरिएको छ । कोइरालाको अध्यक्षतामा २०३ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । नवगठित कमिटीको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले नव निर्मित कमिटीलाई सपथ ग्रहण गराउनु भएको थियो ।

सपथग्रहण कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा , कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर ईञ्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरूले शुभकामना व्यक्त गर्नु भएको थियो ।

जिल्ला संगठन कमिटीको तेस्रो पदाधिकारी बैठकले असोज ९ गते रोहित कोइरालाको नेतृत्वमा २०३ सदस्यीय महानगर कमिटी चयन गरेको थियो । संगठन कमिटीको उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा बलराम गिरी –नविन) र उपसचिवमा गणेश साह र अन्ताज हुसैनलाई चयन गरिएको छ ।