शान्ति दिवसमा चित्रकला प्रतियोगिता

विराटनगर ७ असोज । विराटनगरमा अन्तर्रााष्ट्र्रिय शान्ति दिवसको उपलक्ष्यमा शान्ति बारे चित्रकला प्रतियोगिता र छलफल कार्यक्रम आयोजना गरिएको छ ।

मानव अधिकारका लागि एकल महिला समूहले शान्ति संस्कृतिको विकास गर्नु भन्ने नारा सहित आयोजना गरिएको सो चित्रकला प्रतियोगितामा ग्रामथान गाँउपालिकाको देवी माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुले भाग लिएका थिए । उनीहरुले शान्ति बारे चित्र कोरेर यस बारे आफ्नो धारणा समेत व्यक्त गरेका थिए ।

सन् २०८१ देखि अन्तर्रााट्र्रय शान्ति दिवस मनाउने गरिएको छ । शान्ति, सहअस्तित्व र सदाचार बारे बालबालिकाहरुलाई सानै देखि शिक्षित बनाउदै लैजान सकिए समाजमा द्वन्द्व र विवाद कम हुने र प्रत्येक र्सवसाधारणलाई जीवनयापनमा सजिलो हुने भएकाले शान्ति सम्बन्धि चित्रकला प्र्रतियोगिता आयोजना गरिएको एकल महिला समूहकी प्रदेश संयोजक गीता पोखरेलले जानकारी दिनुभयो ।

सो चित्रकला प्रतियोगिता एवम् छलफल कार्यक्रममा ग्रामथान गाँउपालिकाका स्थानीय र विद्यार्थीहरुको सहभागिता रहेको थियो । चित्रकला प्रतियोगितामा विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।