विराटनगर ५ असोज । नगर बाल सञ्जाल विराटनगरले मानव बेचविखन विरुद्ध अभियान चलाउने भएको छ । आज माइती नेपालले विराटनगर महानगरपालिका महिला,बालबालिका तथा समाज कल्याण शाखाको सहकार्यमा आयोजना गरेको मानव वेचविखन तथा ओसारपसार विरुद्ध कानुनी विषयक अभिमुखिकरण कार्यक्रममा नगर बाल सञ्जालका पदाधिकारीहरु तथा सदस्यहरुले यसबारे सचेतनामुलक अभियान चलाउने बताएका हुन ।
वाल क्लव नगर संजालका अध्यक्ष अमित मण्डलले क्लवमा आवद्ध अन्य सदस्यहरुलाई पनि मानव वेचविखन तथा ओसारपसार विरुद्धको सचेतना आवस्यक रहेको बताउनुभयो । उहाँले मानव बेचविखन विरुद्ध अभियान चलाइने बताउनुभयो । उहाँले भन्नुभयो,‘ मानव बेचविखन विरुद्ध साथीहरुलाई पनि सचेत गराउने कुराको प्रतिवद्धता व्यक्त गर्दछु ।’
वालवालिकाहरु विद्यालय तथा कलेजमा अध्यनरत भएकोले उनीहरुको अध्ययनलाई ध्यानमा राखी शनिवारको दिन कार्यक्रम गरिएको माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँले मानव बेचविखनका बारेमा बालबालिका पनि सचेत रहनुपर्ने र उनीहरुले मानव बेचविखन विरुद्ध गरिने अभियान प्रभावकारी पनि हुने उहाँले बताउनुभयो । विभिन्न वार्डवाट जोडीएको वालवालिकाहरुलाई मानव वेचविखन सम्वन्धि जानकारी गराउदा घर–घरमा वेचविखन विरुद्ध आवस्यक जानकारी तथा सचेतना पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
मनोपरामर्शकर्ता गीताञ्जली शर्माले मानव वेचविखन तथा ओसार पसार विरुद्ध अभिमुखिकराण गर्नूभएको थियो । उहाँले आवश्यक कानुनी विषयक जानकारी पनि गराउनु भएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाको नगर वालक्लव संजालका कार्य समितीका पदाधिकारी, सदस्य तथा सल्लाहकार समितिका सदस्य लगायत गरि २५ जनाको सहभागिता रहेको थियो ।