विराटनगर ५ असोज । नारी उत्थान समाज विराटनगर–५ ले पत्रकार सन्तोष मेहतालाई सम्मानित गरेको छ । जितिया पर्वको अवसरमा आज आयोजित कार्यक्रममा पत्रकार मेहतालाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सम्मानित गर्नुभएको हो ।
विगत ६ वर्षदेखि विराटनगर नारी उत्थान समाजले गरेका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन खेलेको भूमिकाको कदर गर्दै मेहतालाई सम्मान गरिएको आयोजक संस्थाका नन्दकिशोर मेहताले बताउनुभयो । नारी उत्थान समाजले पत्रकार मेहतासँगै अन्य व्यक्तिहरूलाई पनि सम्मानित गरेको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङ, नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य विनोद ढकाल लगायतले शुभकामना मन्तव्य व्यत्त गर्नुभएको थियो । सम्मानित पत्रकार मेहता वीएफएम, मकालु टिभी, आजको अपडेटमा आबद्ध छन् ।