कोशी प्रदेश सरकारले भोलिदेखि तीन दिन संविधान दिवस मनाउने

विराटनगर १ असोज । कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन भव्य रुपमा मनाउने भएको छ ।

असोज ३ गते विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालयबाट बिहान निस्कने प्रभातफेरीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभित्र जातजातिका झाँकी नगर परिक्रमा गरी पुनः विद्यालयमा मूल समारोह कार्यक्रममा समाहित हुने छ ।

प्रदेश मूल समारोह समितिद्वारा आयोजित उक्त्त दिवसको अवसरमा झाँकी प्रदर्शनी, खेलाडी कौशल प्रदर्शन र मुख्यमन्त्रीको सम्बोधन हुने कार्यक्रममा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत सदानन्द भट्टराईले जानकारी दिनु भयो ।

असोज २ गतेदेखि ४ गतेसम्म तीन दिनसम्म मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घरआङ्गन सरफाई, अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण, साँझ घर ÷घर र कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।