कोशी प्रदेशसभाका विषयगत समितिका सभापतिहरुद्धारा शपथग्रहण

विराटनगर, २८ भदौ । कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरुले शुक्रबार सामूहिक रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १३४ बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । पद तथा गोपनियतको शपथ लिनेहरुमा न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापा छन् ।

सो अवसरमा सभामुख विष्टले कोशी प्रदेश सभाका विषयतग समितिका सभापतिहरु निर्विरोध निर्वाचन हुनु दलहरुको बीचको एकता, सहकार्य एवं सहमतिको असल संस्कार हो भत्रुभयो । उहाँले लामोसमय पछि मिनि संसद भनेको विषयगत समितिले पनि आफ्ना काम र कारवाही उचित ढङ्गले गर्न प्रेरण मिलोस् शुभकामना सहित सरकारले बनाउने नियम, कानुन र विधिमा विषयगत समितिहरुले प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् शुभकामना दिनुभयो ।