विराटनगर २० भदौ । मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माईती नेपाल विराटनगरले सीमा क्षेत्रका बालबालिकासँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।
विराटनगर महानगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यलय रानीको समन्वयमा माइती नेपालले आयोजना गरेको कार्यक्रममा सीमा नजिक रहेको विराटनगर १५ को जनविकास माविमा अध्ययनरत विद्यार्थीलाई मानव वेचविखनको वारेमा, माइती नेपालले गर्ने कार्यको वारेमा, सामाजिक संजालको नकारात्मकप्रभावको वारेमा माइती नेपालको तर्फवाट प्रशिक्षण दिईएको थियो ।
प्रहरीले मानव वेचविखन र लागू औषधका कानुनी प्रावधानहरुको वारेमा विद्यार्थीलाई अभिमुखीकरण गरेको थियो । कार्यक्रममा माइती नेपालको मनोपरामर्शकर्ता गीताञ्जली शर्माले माइती नेपालको कार्यको वारेमा जानकारी गराउदै सामाजिक संजालको नकारात्मक प्रभावको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
माइती नेपाल संयोजक विनोद पोखरेलले मानव वेचविखन र त्यसको कारण, किसिम, तरिकाहरुको वारेमा विस्तृतरुपमा संस्थाको तथ्याङ्क प्रस्तुत गर्दै वालवालिकाहरुलाई सचेत गराउनुभएको थियो । संयोजक पोखरेलले सीमा नाकाबाट गत वर्ष १५९ जनाको उद्धार गरेको जानकारी दिनुभयो । सन् २०२३ को जनवरी देखि डिसेम्वर सम्म समानाका वाट विभिन्न कारणले रोकिएको वालिका तथा महिलाहरुमा कामको खोजीमा गएका १९, साथी तथा आफन्तको लहैलहैमा लागेर हिँडेका २२, घुम्न हिँडेका ७, सामाजिक सञ्जालको प्रभावमा परेका ४९, प्रेम विवाहको प्रभावमा परेका १४, पारिवारिक बेमेलका २६, नेटवर्कीङ व्यापारको प्रभावमा परेका २२ जना गरि १५९ जनाको उद्धार गरिएको बताउनुभयो । उमेर अनुसार हुने उत्सुकुता, आकांक्षा, उत्साह ,कौतुहलताका कारण जोखिममा पर्न सक्ने सम्भावना वढि भएकोले बालबालिकालाई समय समयमा अभिमुखीकरण आवस्यक रहेको पोखरेलको भनाई छ ।
ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरिक्षक प्रकास थापाले विद्यार्थीलाई आवश्यक विषय लागूऔषध र मानव वेचविखनविरुद्धको कानुनी व्यवस्थापनको विषयमा जानकारी गराउनु भएको थियो । विराटनगर महानगरपालिकाकी महिला वालवालिका तथा सामाजकल्याण शाखा प्रमुख मञ्जु लोहनी र महिला वालवालिका शाखा अधिकृत सुनिता पौड्यालले बालबालिकालाई मानव बेचविखन तथा ओसोरपसारबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जनविकास माविका कक्षा ८, ९ र १० गरि एक सय विद्यार्थीको सहभागिता रहेको थियो । मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माईती नेपालले सीमा क्षेत्रहरुमा पनि सचेतनामुलक कार्यक्रम गरेको छ । विहिबार मानव वेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाईएको छ ।