विराटनगर २३ असार । कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा गुरागाईँलाई नियुक्त गरिएको छ ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उहाँलाइ नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सिफारिस अनुशार आजै प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नु भएको थियो । नवनियुक्त अध्यक्ष गुरागाईँको आजै सपथ गराईएको छ ।
लामो समय निजामती सेवामा काम गर्नुभएका कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा गुरागाईँसँग लोक सेवा आयोगमा काम गरेको अनुभव छ । उहाँले दुई बर्ष अघि सेवाबाट अवकाश लिनु भएको थियो । तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि उहाँ हाल मोरङ उर्लाबारी मंगलबारेमा बसोबास गर्नुहुन्छ ।
सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष समयावधि ६ बर्षको हुन्छ । यस अघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश लिनु भएको थियो ।