पहिरोबाट घाइते भएका लिम्बूको उद्धार

विराटनगर, १५ असार । ताप्लेजुङको सिरिजंगा गाउँपालिका मामाङमा शुक्रबार रातिको पहिरोमा परेर घाइते भएका पदमबहादुर लिम्बूलाई कोशी प्रदेश सरकारले उद्धार गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको पहलमा हेलिकप्टरबाट लिम्बूको उद्धार गरिएको हो ।

घाइते लिम्बूलाई हेलिकप्टरबाट उद्धार गरि विराटनगर ल्याएर नोबेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । लिम्बूको उपचारको रेखदेख गर्न मन्त्री आफैं अस्पतालमा पुगेका थिए ।

केहि दिनदेखिको लगातारको वर्षाले ताप्लेजुङमा ठूलो धनजनको क्षति गरिसकेको छ ।