विराटनगर, १८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा कांग्रेस पहिलो स्थानमा आउने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धन दलहरु वीच तालमेलवाट कांग्रेस अध्याधिक स्थानमा विजयी भै पहिला स्थानमा आउने दावी गर्नु भयो । नेता निधिले गठबन्धनबाट मुलुकमा लोकतन्त्र र नेकां वलियो हुने दावी गर्दै नागरिकहरुले पार्टीलाई अत्याधिक मतदान गरी बिजयी बनाउने विश्वास व्यक्त्त गर्नु भयो । उहाँले गठबन्धनका लागि केन्द्रले कुनै हस्तक्षेप नगरेको चर्चा यो पार्टीको साझा हितमा निर्णय भएको विचार राख्नु भयो ।
पूर्वमन्त्री निधिले एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाई, श्रीमती, छोरी, बुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वाभिक हो । उहाँले गठबन्धनवाट पार्टी र पदाधिकारी जोगिने धारणा राख्दै सम्पूर्ण जनतालाई नेकाँको चुनाव चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भयो ।
नेता निधिले गठबन्धनवाट नेकां मधेशमा वलियो हुने धारणा राख्दै समग्र रुपमा देशभरी गठबन्धनका उम्मेदवारहरु विजयी प्राप्त गर्ने बताउनु भयो ।