विराटनगर १ असार । कोशी प्रदेश सरकारले गुरुयोजना बनाई प्रदेश भित्रका नदी नियन्त्रण गर्ने भएको छ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै प्रदेश भित्रका नदीहरुको व्यवस्थितरुपमा नदी नियन्त्रणका लागि गुरु योजना बनाईने बताउनुभयो ।
गुरुयोजना निर्माणका लागि ४२ करोड २९ लाख विनियोजन गरिएको मन्त्री रानाले बताउनुभयो ।