कोशी प्रदेशलाई तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने

विराटनगर १ असार । कोशी प्रदेशलाई तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने भएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने बताउनुभयो । उहाँले खोरेतमुक्त प्रदेशका बनाउनका लागि १३ करोड ५७ लाख विनियोजन गरेको बताउनुभयो ।

खोरेत मुक्तभएपछि दुग्ध र मासुजन्य पदार्थ विदेश निर्यात हुने उहाँले बताउनुभयो । उहाँले खोरेत र पशु रोगको महामारी नियन्त्रण र भेटनरी अस्पतालका लागि आवस्यक बजेट विनियोजन गरेको बताउनुभयो ।