विराटनगर, २५ जेठ । कोही प्रदेश भरि छरिएर रहेका महिला उद्यमीहरुलाई सहज तरिकाले उद्योग संचालन गर्न राज्यले महत्वुर्ण स्थान दिएर सहयोग गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
शुक्रबार विराटनगरमा छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदान विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै सहभागिहरुले महिलाहरुले गरेको अनौपचारिक योगदानको कदर नहुने गरेको गुनासो गरे । उनिहरुले अहिलेको अवस्थामा महिला उद्यमीहरुलाई प्रोत्साहन र सहयोग गर्न सके अर्थतन्त्र सुदृढ गर्न र महिलालाई आत्मनिर्भर बनाउन सकिने धारणा राखे । उनिहरुले महिलाहरुले सामाजिक, पारिवारिक र राजनैतिक अधिकारका लागि मात्रै लड्ने भन्दा आर्थिक अधिकारका लागि पनि संर्घष गर्नुपर्ने र यसमा राज्यले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
सो कार्यक्रममा सहभागिहरुले आर्थिक सम्बृद्धिका लागि महिलाहरुलाई आर्थिक गतिविधिमा समावेश गर्न आग्रह गरेका थिए । सो कार्यक्रममा महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्येश्यले सामाजिक विकास मंत्रालयकी महिला विभाग प्रमुख दुर्गा भण्डारी र शुवर्ण कर्मचार्यले उद्यमी महिलाहरुको अवस्था र आवश्यक्ता समेटिएको कार्यपत्र पस्तुत गरेका थिए ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा महिला उद्यम समितिले आयोजना गरेको सो कार्यक्रममा महिला उद्यमीको समस्या, उनीहरुले जिडिपीमा गरेको योगदान, महिलाहरुको आर्थिक अधिकार बारे छलफल गरिएको थियो ।
सो कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरु, अधिकारकर्मीहरु र विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।