विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल वर्तमान सत्तासमिकरण भित्र रहनु भएको बताउनु भएको छ ।
प्रधानमन्त्री दाहाल आज विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एसका अध्यक्ष नेपालसंग आज विहान कुराकानीमा समिकरण भित्र रहेको प्रष्ट पार्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग माधव नेपालको कुराकानी र भेटघाट आफुले त्यति असहज नठाने छैन भन्दै उहाँले सत्तापक्ष र विपक्षी दुबैतिर विगतमा देखिए पनि अहिले हुनुहुन्न बताउनु भयो ।
प्रधानमन्त्री दाहालले भन्नु भयो ‘सरकारले ल्याएको वजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरेको बताउँदै प्रदेशको आवश्यक्ता र स्थिति अनुसार प्रर्याप्त व्यवस्था र कार्यक्रम रहेको छन् । उहाँले कोशी प्रदेशलाई बजेटमा कम रकम छुट्याएको भन्ने गलत प्रचार गरिएको छ, त्यो गलत भएको स्पष्ट पार्नु भयो ।
बजेटको वक्तव्य जति कुरा आएको छ त्यति मात्र छैन भन्दै विराटनगरमा चक्रपथ, चिकित्सा शास्त्र कलेज सञ्चालन जस्ता कुरा वजेटमा व्यवस्था गरिएको छ प्रधानमन्त्री दाहालले जानकारी दिनु भयो । उहाँले सरकारले प्रस्तुत गरेको बजेटमा धेरै चिज नयाँ रहेको छ भन्दै विस्तृत अध्ययन गरेपछि थाहा हुने छन् जस्तै कृषि, सूचना प्रविधि(आई टि) दशक जस्ता कुरा आफ्ै नयाँ भएको जानकारी दिनु भयो ।
उहाँले बजेटमा उत्पादन, उपादकत्व र रोजगारी केन्द्रीत गरेको आएको छ भन्दै थुप्रै नयाँ कार्ययोजनाहरु वैदेशिक रोजगारीबाट फिर्ता आएका, स्थानीय लाखौंलाई रोजगारी दिने ठोस कार्यक्रम आएको बताउनु भयो ।