विराटनगर, १२ वैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने भएको छ ।
अरुण खवरसँगको कुराकानीमा एमाले महासचिव शंकर पोखरेलले ‘हेवी वेट’ को नामलाई पन्छाउँदै पपुलरलाई उम्मेदवार बनाईएको बताए । थापा महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा उपाध्यक्ष हुन ।
विराटनगर महानगरसँगै एमालेले ६ वटै महानगरको उम्मेदवार टुङ्गो लगाएको छ ।
विराटनगरको मेयरमा सागर थापा, रामलाल साह, बाबुराम कार्की, पर्शुराम बस्नेत र महेश भट्टराई र उपमेयरमा शिल्पा कार्की, विमला दाहाल घिमिरे र अञ्जु उपाध्याय (शिवा) को नाम महानगर, जिल्ला कमिटीले सिफारिस गरेको थियो । प्रदेश कमिटीले जिल्लाको नामसँगै केन्द्रीय सदस्य जीवन घिमिरेको नाम मेयरमा रायका रुपमा केन्द्रीय कमिटीलाई पठाएको थियो ।