एमालेबाट सुन्दहरैचाको मेयरमा गुरागाई र उपमेयरमा चौधरी उम्मेदवार

विराटनगर, ११ वैशाख । नेकपा एमालेले मोरङको सुन्दहरैचा नगरपालिकाको मेयरमा केदार गुरागाई र उपमेयरमा अकली चौधरीले उम्मेदवारी दिने भएका छन् ।

मेयरमा गुरागाई र उपमेयरमा चौधरीको नाम फाईनल भएको एमाले प्रदेश कमिटीले जनाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले उपमेयरमा विजयी हासिल गरेको थियो ।