अन्तर एभरेष्ट तेक्वान्दो प्रतियोगिता सुरु : एकैदिन १८ स्पर्धा सम्पन्न

विराटनगर २० माघ । विराटनगर– ५ स्थित एभरेष्ट स्कूलमा शुक्रबार देखि दुई दिने अन्तर एभरेष्ट तेक्वान्दो प्रतियोगिता २०८० सुरु भएको छ ।

एभरेष्ट कलेजको कबर्ड हलमा सम्पन्न प्रतियोगितामा छात्र र छात्रा तर्फ गरि विभिन्न तौल समूहका १८ वटा स्पर्धा भएका छ्न । बिद्यालयका प्रीन्सिपल टिकाराम पुरीले प्रतियोगिताको उद्घाटन गर्दै सम्पूर्ण नियम भित्र रहेर खेलाडीलाई खेल्न आग्रह गर्नुभयो । उहाँले खेलकुदले मानिसलाइ स्वस्थ्य रहन मात्र हैन, अनुशासित र जिम्मेवार बन्न समेत प्रेरित गर्ने बताउनुभयो ।

प्रतियोगिता अन्तर्गत छात्र तर्फ २३ केजी भन्दा कममा हेमराज डेबिट प्रथम, सायम कोइराला दित्तिय र विनम्र ढकाल तृतीय हुँदा २७ केजी भन्दा कम समूहमा सार्थक मण्डल प्रथम, मो. अनश शेख दित्तिय र नक्ष शर्मा तृतीय हुनुभयो ।

३१ केजी भन्दा कम तौल समूहमा सुवास मण्डल प्रथम, मयन बर्मा दित्तिय तथा आरूष साह र सुवास बिष्ट तृतीय हुनुभयो भने ३५ केजी भन्दा कम तौल समूहबाट वंश कर्ण प्रथम, संस्कार थापा दित्तिय तथा रिदम मास्के र संकेत गुरुङ तृतीय हुनुभयो ।

४० केजी भन्दा कम तौल समूहमा इशान्त मण्डल प्रथम, निश्चल खत्री दित्तिय तथा आर्यन श्रेष्ठ र अंकुश झा तृतीय हुनुभयो भने ४४ केजी मुनिको समूहबाट सम्पन्न कोइराला प्रथम आर्नभ चापागाईं दित्तिय तथा रेयांश अधिकारी र आरोहण थापा तृतीय हुनुभयो ।

छात्र तर्फकै ४८ केजी भन्दा कम तौल समूहबाट निरज महतो प्रथम, दिवस गजमेर दित्तिय, सुमन साह र नितेश भुजेल तृतीय हुँदा ५१ केजी मुनिको तौल समूहबाट प्र ज्ञा न सुवेदी प्रथम, समृद्द दाहाल दित्तिय तथा आर्यन साह र नेन्लिस परियार तृतीय हुनुभयो । यस्तै ५८ केजी भन्दा कम तौल समूहबाट मो. तेहमद अली प्रथम, शिवम राय दित्तिय र सरोज मेहता तृतीय हुनुभयो । यसैगरी प्रतियोगिता अन्तर्गत छात्रा तर्फको ३२ केजी सम्मको तौल समूहबाट मिशा खड्का प्रथम, खुशी निरौला दित्तिय तथा श्री रेग्मी र आरध्या खत्री तृतीय हुँदा ३५ केजी मुनिको तौल समूहबाट सामी राजबंशी प्रथम, सचिता घिमिरे दित्तिय र नेहा देव तृतीय हुनुभयो ।

छात्राकै ४० केजी सम्मको तौल समूहबाट नवमिका राई प्रथम, अवन्तिका भण्डारी दित्तिय तथा देता चौधरी र प्रजिता गिरी तृतीय हुँदा ४३ केजी सम्मको समूहमा श्रुति साह प्रथम, सन्ध्या साह दित्तिय र जेशिका कुमारी साह तृतीय हुनुभयो । यसैगरी ४६ केजी मुनिको तौल समूहबाट प्रशंशा रेग्मी प्रथम, गुन्जन ओझा दित्तिय तथा आश्रीया फुयाल र किन्जल भारध्वज तृतीय हुँदा ४९ केजीसम्मको तौल समूहमा अक्षता बस्नेत प्रथम र लक्षिता चौधरी दित्तिय हुनुभयो । ५३ केजी मुनिको समूहबाट रिद्धी दास प्रथम, स्वेता साह दित्तिय, आरूवी भट्टराई र यात्रा जोशी तृतीय हुनुभयो भने ५७ केजी तौल समूहमा सिम्रीका निरौला प्रथम, अनुस्का भण्डारी दित्तिय र किस्मिता लुइँटेल तृतिय हुनुभयो ।

छात्राकै ६२ केजी सम्मको तौल समूहबाट कृतिका थापा प्रथम, अक्षता उपाध्याय दित्तिय तथा सुवासिका कोइराला र युनिशा नेउपाने तृतीय हुनुभयो ।

प्रतियोगिता अन्तरगत शनिबार विभिन्न देक्वान्दोका प्रदर्शनीको पर्तिष्पर्धा भएपछी कार्यक्रमको समापन हुने विद्यालयकी अतिरिक्त क्रियाकलाप ईन्चार्ज सुधा डंगोलले बताउनुभयो ।