विराटनगर ४ माघ । ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न समुदायका गर्भवती महिलालाई अस्पतालसम्म सहज पहुँचका लागि विराटनगरस्थित निजी अस्पतालले आजदेखि ‘छोरी बचाऊ ,आमा बचाऊ’ कार्यक्रम शुरु गरेको छ ।
विराटनगर –११ स्थित पारस मल्टीस्पिसियालिटी अस्पतालाले आफ्नो खर्चमा छोरी बचाऊ अभियान अन्तर्गत सञ्चालित सो कार्यक्रममा गर्भवती महिलालाई निःशुल्क साधारण तथा शल्यक्रिया प्रसुति सेवा उपलव्ध गराउनुका साथै छोरी जन्मिएमा रु एक हजार प्रोत्साहन स्वरुप उपलव्ध गराउने निर्णय गरेको अस्पतालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
अस्पतालका निर्देशक डा सफिउर रहमानले प्रसुतीको को समयमा आमाको अकाल मृत्युबाट जोगाउनका लागि अस्पतालले सेवा शुरु गरि शल्यक्रिद्वारा छोरा जन्म भएमा शुल्क लिने छोरीको जन्ममा निशुल्क व्यवस्था गरेको बताउनु भयो ।
नवजात छोरीहरुको लागि एक हजारमा स्वास्थ्य सुविधा कार्ड मार्फत एक वर्षसम्म अस्पतालमा वहिरङग सेवा निःशुल्क ,विभिन्न प्रयोगशाला परीक्षणमा २५ प्रतिशत , औषधिमा १० प्रतिशत, गरीव दलित तथा असाहयहरुलाई साधारण शैयामा ५० प्रतिशत र शल्यक्रिया तथा अस्पताल प्रयोगशालाहरुमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
अस्पताल ५० शैय्या भएपनि १७ शैय्या प्रसुति सेवाका लागि छुट्याएको र विशेषज्ञ चिकित्सकहद्वारा सेवा उपलव्ध हुने प्रसुति रोग विशेषज्ञ डा कविता यादवले बताउनु भयो ।
अस्पतालले मेडिसिन, स्त्रिरोग, बाल रोग, दाँत र फिजियोथेरापी सेवा उपलव्ध गराउँदै आइरहेको छ ।