बाँतर समुदायले मनाए माघे संक्रान्ति पर्व

विराटनगर १ माघ । बाँतर समुदायले मोरङको कटहरी –५ स्थित मोध्रहामा विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्ति पर्व मनाएका हुन् ।

माघेसंक्रान्तिका दिन बाँतर समुदायहरुले आफ्नो कुल देवतालाई पूजा–आजा गरी सरदार (मुखिया) को घरमा गई गाउ“का पैरजनहरुले तिलको लड्डु, भुजाको लड्डु, चिउराको लड्डु र सुंगुरको बली दिई गेंड सिंहलाई सामुहिक पूजा–आजा गरी माघेसंक्रान्ति पर्व मनाउने परम्परा रहेको छ । सदियौदेखि बाँतर जातिका मानिसहरुले हिन्दु रितअनुसार माघ १ गते माघेसंक्रान्तिका दिन सरदार(मुखिया)को घरमा सामूहिक पूजा गर्ने चलन रहेको बाँतर जातिका अगुवा बविता सरदार बाँतर र फुदी सरदारले बताउनुभयो ।

पूजा सम्पन्न भएपछि सवै पैरजन सदस्यहरुलाई प्रसादीको रुपमा सुँगुरको मासु बाँड्ने र सरदार (मुखिया) को घरमा मासुको परिकार बनाई सामुहिक भोज खाने प्रचलन रहेको उहाँले जानउनुभयो । बाँतर जातिका मानिसहरुको इष्टदेव गेड सिंह सरदार हुन् । उनी चमत्कारी थिए जहाँ दुःख हुन्छ । त्यहाँ सुख दिन उनी चमत्कारी रुपमा देखा पर्ने गर्थै यस सम्बन्धमा एउटा भनाई प्रचलनमा छ ।

बा“तर समुदायका मानिसहरुले शिकार गर्ने क्रममा अषाढ मसान्तमा निल गाई मारेका थिए । त्यही निल गाई मारेकाले गौहत्या लाग्ने डरले महराज गेड सिंह सरदारको शरणमा पुगेर आफूहरुलाई गौहत्याको पापबाट मुक्त पार्नका लागि अषाढ १ गते गर्ने पूजालाई माघ १ गते बाँतर जातिले माघेसंत्रान्तिको अवसरमा पूज गर्न थालेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सचिव शुभाष सरदार र मोरङ सभापति गयान्नद सरदार, युवा सभापति अनिल सरदारले बताउनुभयो ।

बा“तरहरुलाई महराजले मृत गाईलाई सेतो कपडाले छोप्न लगाएका थिए । केहि समय पछि छोपेको कपडा उघारदा त निल गाई ठूलो सु“गुरको रुपमा परिणत भयो र त्यसपछि गौहत्या नभइ सु“गुर हत्या भएको पुष्टि भयो र बा“तर जातिलाई पापबाट इष्ट देव गेंड सिंह बाबाले मुक्त गरीदिएको उहाँको भनाई थियो । त्यही दिनदेखि महाराजलाई आफ्नो पुर्खाको रुपमा मानी अषाढ १ गते सु“गुरको बली दिने प्रचलनको सुरुवात भएको हो ।

उदयपुरका झल्लु सरदारका छोरा भोगो सरदार र उनका छोरा गेंडसिंको पुस्तादेखि गेड सिंहको पूजा गर्ने चलन रहेको नेपाल बाँतर सरदार समाज कल्याणकारणी सममितिका केन्द्रीय सभापति मोहनलाल सरदारले बताउनुभयो । आफ्नो घरपरीवारमा सुख शान्तिको कामना गरी वर्षभरी राम्रो दिन रहोस भनी माघेंसंत्रान्ति पूजासंगै बाँतर जातीको भेषभुष झल्कने सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए । माघेसंक्रान्ति कुन जातिले मनाउने पर्व हो । अहिले सम्म सरकारले सुचिकृत गर्न सकेको छैन् । तसर्थ माघेसंक्रान्ति बाँतर जातिले मनाउने मुख्य पर्व रहेको जातिका इतिहास विद्हरुले दावि गरेका छन् ।