धरानका प्रमुख साम्पाङद्धारा वीपी प्रतिष्ठानका कामु उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

विराटनगर १ माघ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गर्नुभएको छ ।

बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै प्रमुख साम्पाङ प्रतिष्ठानमा पुग्नु भएको थियो ।

प्रमुख साम्पाङले बिपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताएका छन् ।