विराटनगर, ८ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार वैशाख १० मा टुंगो लगाउने भएको छ ।
आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो ।
ती नाममाथि थप छलफल र अध्यन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने सचिव योगेश भट्टराईले बताउनुभयो ।