विराटनगर १३ पुस । अम्बे मुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
१४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा रेडियो नेपालको मोरङ संवाददाता कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. दीपक सिग्देल, पूर्व स्वास्थ्यकर्मी शोभा लामा बल, संगीत क्षेत्रबाट कुशेश्वर राई, योग प्रशिक्षक शिल्पा प्याकुरेल र साहित्य क्षेत्रबाट शारदा कार्कीलाई सम्मान गरिएको थियो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सबैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै आयोजक संस्थाका तर्फबाट कक्षा–२ मा अध्ययनरत छात्र रामकृष्ण यादवलाई छात्रवृत्ति स्वरुप १० हजार रुपैयाँसमेत प्रदान गरिएको थियो ।
आयोजक संस्थाकी अध्यक्ष भारती उपाध्यायले लामो समयदेखि संस्थाले गरेको कार्यको विषयमा चर्चा गर्नु भएको थियो