विराटनगर ६ पुस । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले नेपाल प्रहरी अन्तराष्ट्रिय क्षेत्रमै उत्कृष्ठ रहेको बताउनुभएको छ ।
नेपाल प्रहरीको सेवालाई थप प्रभावकारी वनाउन प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउन लागेको वताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना गरेको प्रदेश स्तरिय अपराध अनुसन्धान सम्वन्धि गोष्ठि मन्त्री राईले सो कुरा बताउनु भएको हो ।
मन्त्री राईले नयाँ रुपमा समाजमा अपराधका घटनाहरु देखा परिरहेकाले त्यसको समाधानमा सवैपक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । ठुलो शख्यामा युवाहरु लागु औषधको शिकार वन्दै गएकाले त्यसलाई रोक्न प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याउन लागेको उहाँको भनाई थियो ।
अपराध अनुसन्धान विभाग काठमाण्डौका वरिष्ठ प्रहरी उपरिक्षक वसन्त रौजरिया तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरिक्षक जयराज सापकोटाले अपराध अनुसन्धान पद्धतीमा गोष्ठीले नया आयाम थप्ने वताउनुभयो ।
अपराध अनुसन्धान सम्वन्धि गोष्ठि आयोजना गरिएको छ । एक दिने गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लका प्रहरी अनुसन्धान अधिकृत तथा जिल्ला न्यायधिवक्ताहरुको सहभागिता रहेको थियो ।