विराटनगर ३० मंसिर । मोरङको बुढीगंगा गाउपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निशुल्का स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो ।
नोना कोइराला स्मृति प्रतिष्ठान, केएचडिसी नेपाल र एक्सेल विकास बैंकको सहयोगमा आज एक दिने स्वास्थ्य शिविर साथै स्वाथ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको थियो । जाडो मौसम सुरु भएका कारण चिसो बाट बच्नको लागि स्थानियहरुलाई स्वास्थ्यको वारेमा जानकारी गराइएको थियो । सो सिविरमा इसिजि, इको,अल्ट्रा साउन समेत गरिएको थियो । सो स्वास्थ्य शिविरमा २५० जना सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको थियो भने १०० जना विद्यार्थीहरुलाई स्वथ्य सम्बन्धी जनचेतना सन्देश दिइएको थियो ।
एक दिन मात्र संचालन गरिएको सो शिविरमा बुढीगंगा गाँउपालिकाका अध्यक्ष जीतनारायन थापा मगर,वार्ड सचिव, र के,एच,डि,सिका प्रमुख संजीव कुमार शर्मा साथै विद्याथीहरु र स्थानियहरुको उपस्थिति रहेको थियो । आगामी दिनहरुमा पनि भिनिन्न स्थानमा निशुल्क शिविरको आयोजना गरिने नोना कोइराला स्मृति प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिनुभयो ।