विराटनगर १३ मंसिर । भ्रामक-मिथ्या सूचना विरुद्ध विराटनगर कार्यशाला हुने भएको छ ।
नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक-मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो ।
आगामी मंसिर १४ र १५ गते शिक्षादीप कलेज र अरनिको कलेज विराटनगरमा कार्यशाला गर्न लागिएको आयोजकले बताएको छ । करिब दुई घण्टासम्म चल्ने कार्यशालाका सहभागिहरुले सहि सूचना र मिथ्या सूचनाबीचको फरक छुट्टयाउन विभिन्न विधीहरुसमेत सिकाइने भएको छ ।
कार्यशालाबारे मंगलबार पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्यून गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताउनुभयो ।
कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामक-मिथ्या सूचना विरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गरिने छ ।