पूर्ण खोप लगाएका बालबालिकालाई पानी फिल्टर

विराटनगर ९ असार । मोरङको ग्रामथान ४ मा पूर्ण खोप लगाएका बालबालिकालाई पानी फिल्टर वितरण गरिएको छ ।

ग्रामथान गाउपालिका वडा नं ४ को सहयोग र स्वास्थ्य चौकी मोतिपुरको आयोजनामा पूर्ण खोप पूरा गरेका वालवालिहरुलाई प्रोत्साहन कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षको जेठ मसान्त सम्ममा वडाका ५५ जना बालबालिकालाई शुक्रबार पानी फिल्टर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारले बालबालिकाका अभिभावकलाई पानी फिल्टर वितरण गर्नु भएको थियो । ग्रामथान ४ का १५ महिनाको दादुरा–रुवेला खोप लिई पुर्णखोप पूरा गरेकाहरु लाई प्रोत्साहन स्वरुप १–१ थान पानी फिल्टर र पुर्ण खोप प्राप्त गरेको प्रमाणपत्र वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख सन्तोष गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गच्छदार, वडा नं ४ का वडाध्यक्ष बद्रीनारायण माझी, स्वास्थ्य कार्यालय मोरडका खोप अधिकृत कनैया शाह, युनिसेफका प्रतिनिधि अनिश शाह, स्वास्थ्य शाखा प्रमुख राजकुमार झा लगायतको सहभागिता रहेको थियो ।