मजदुर दिवसमा यूवा संघ महानगरद्धारा ५ जना सम्मानित

विराटनगर १९ वैशाख । विश्व मजदुर दिवसका अवसरमा राष्ट्रिय यूवा संघ नेपाल विराटनगर महानगर कमिटीले पाँच जना श्रमिकलाई सम्मानित गरेको छ ।

विराटनगरको रानी मिल्स एरियाका मजदुरको क्षेत्रमा विशेष योगदान पुर्याउने अग्रज श्रमिकहरु शुसिलादेवी दाहाल, राजु श्रेष्ठ, आविद सरदार, मञ्चलाल पासवान र किरणकुमार श्रेष्ठलाई सम्मानित गरिएको यूवा संघ विराटनगर महानगर कमिटीका अध्यक्ष निराजन ढुङ्गानाले जानकारी दिनुभयो ।

नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बिक्रम तिवारी, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य किरण लामा, राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला सचिवालय सदस्य रेशम थापा मगर, निवर्तमान केन्द्रीय कमिटी सचिवालय सदस्य प्रतीक ढकाल, युथ फोर्स बिराटनगर प्रमुख प्रविन बस्नेत, मुस्लिम ईक्तेहाद संगठन बिराटनगर अध्यक्ष हमिद आजाद, पार्टी महानगर कमिटीका नेता, पार्टी वडा कमिटी विराटनगर –१६ का ईन्चार्ज अध्यक्ष लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

मजदुर दिवस दिवसको अवसरमा ५ जना अग्रज श्रमिकलाई सम्मानित गरेको राष्ट्रिय यूवा संघ नेपाल विराटनगरका सचिव सागर लामाले बताउनुभयो । उहाँले आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो ।