रोजगारमुखी शिक्षा आजको आवश्यकता

विराटनगर,१६ वैशाख । सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको एक कार्यक्रममा वक्ताहरूले बताएका छन् ।

अल्फाबिटाले विराटनगरले शनिबार आयोजना गरेको विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण विषयक कार्यक्रममा वक्ताहरूलले यस्तो बताएका हुन् । उनीहरूले रोजगारमुखी शिक्षा आजको आवश्यक भएको अहिलेको शिक्षालाई प्रविधिसँग जोडेर अगाडी बढनुपर्ने बताए ।

कार्यक्रममा चर्चित बैंकर तथा युवापुस्ताका उत्प्रेरक अर्थात ‘मोटिभेटर’ अनिल केसरी शाहले आजको आवश्यता सिप र संस्कारसहितको रोजगारमुखी शिक्षा भएको बताए । उनले कामलाई ठुलो सानो नभएर इमान्दारीको साथ लागि सफलता हात पर्ने बताए । उनले रोजगारी मुखी शिक्षा प्रदान गरेर आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए ।  ‘तपाई जस्तो युवाले भविष्य हाम्रो हो हैन वर्तमान हाम्रो हो भनेर अगाडि बढ्नुहो’, शाहले भने, ‘युवामा देश प्रति उतरादायी भावना हुनपर्दछ । अनि मात्र अगाडी बढन सजिल्लो हुनेछ ।’ कार्यक्रममा डाक्टर भेषप्रसाद धमला, डाक्टर धर्मराज काफ्ले, प्रागिक विद्यार्थी परिषदका संगठन सचिब नारायणप्रसाद ढकाललगायतले बोलेका थिए ।

अल्फाबिटा विराटनगरका प्रमुख टीका ढकालले शिक्षामार्फत विश्वव्यापी शिक्षा मार्फत राष्ट्रिय आर्थिक रूपान्तरण गर्ने उद्देश्यले युवाहरुलाई उत्प्रेरणा दिएको बताए । उक्त कार्यक्रमको संचालन सीएम बस्नेतले गरेका थिए ।