विराटनगर १५ वैशाख । सशस्त्र प्रहरी बल सुनसरीले करिव ७ लाख बराबरको अबैध सामान बरामत गरेको छ । सशस्त्र प्रहरीले सुनसरीका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याईएका ६ लाख ९४ हजार ७६० बराबरको अबैध सामान बरामद गरेको हो ।
भोक्राहा नरसिंह ८ को सोनियाही बोर्डर ईलाकाबाट बरामत गरिएको सामानको भन्सार दाखिला मुल्य ३ लाख ८ हजार ५६०, देवानगञ्ज ६ को राजगञ्ज सिनवारीबाट बरामत गरिएको अबैध सामानको भन्सार दाखिला मुल्य १ लाख १६ हजार कायम भएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमप्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार बर्जु ३ को डमरी बोर्डर ईलाकाबाट बरामत गरिएको लत्ताकपडाको भन्सार दाखिला मुल्य २४ हजार कायम भएको छ ।
कोशी गाउँपालिका ८ को पुर्व–पश्चिम लोकमार्गमा सवारी साधन चेकजाच गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र १–०२–००१ ख ९७५७ नम्बरको यात्रुबाहक बस चेकजाच गर्दा बिलबिजक नभएको लताकपडा र दुधको आईटम बरामद गरेको शसस्त्र प्रहरी नायव उपरीक्षक सिग्देलले बताउनुभयो ।
बरामत सामानको भन्सार दाखिला मुल्य २ लाख ३ हजार २ सय, कोशी गाउँपालिका ८ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज ४५४१ नम्वरको गाडी चेकजाच गर्दा भीसीटीएस नगरेको करिव ४३ हजार बराबरको टर्च लाईटको ब्याट्री र फुटवल जुत्ता कर छलेको आशंकामा बरामद गरेको उहाँले बताउनुभयो ।