एवीसी नेपाल प्रतिवेदन : महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित

विराटनगर ११ वैशाख । कोशी प्रदेशका तीन जिल्लामा भएका महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित भएका छन् । एवीसी नेपालले स्वीस सरकार र नर्वेजियन राजदुतावास तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोगमा मोरङ, उदयपुर र ओखलढुङ्गामा सञ्चालित लैगिंक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत जुलाइ २०२१ देखी डिसेम्वर २०२२ सम्मको अवधिमा २९५ जना पीडित भएका हुन ।

एवीसी नेपाल विराटनगरका अनुसार जवरजस्ती करणी, यौन दुव्र्यवहार, शारिरीक यातना, श्रोत साधनबाट बञ्चित, भावनात्मक दुव्र्यबहार, बालबालिका, बहुविवाहका घटनामा ओखलढुङ्गामा १०६, उदयपुरमा ८० र मोरङमा १०९ जना पीडित भएका हुन । हिंसा प्रभावित आमासँग आएका १५ जना बालबालिकापनि एवीसी नेपालको संरक्षण गृहमा आश्रय लिईरहेको एवीसी नेपाल कोशी प्रदेश अध्यक्ष विष्णु शर्मा पन्तले जानकारी दिनुभयो । जुलाइ २०२१ देखी डिसेम्वर २०२२ सम्मको अवधिमा लैंगिक हिंसा प्रभावित ३०५ जनालाई आवास सेवा, ३१ जनालाई ३ महिने जीवन उपयोगी तालिम लगायतका विभिन्न कार्यक्रमहरु गरिएको उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिका, उदयपुरको कटारी नगरपालिका र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकासँगको सहकार्यमा एवीसी नेपालको आयोजनामा लैंगिकतामा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य दोस्रो चरणको परियोजना कार्यान्वयन गरिरहेको अध्यक्ष पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाको मुख्य उद्धेश्य सबै किसिमका लैंगिक हिंसा तथा महिला तथा बालिकाहरुमाथि हुने विभेदलाई घटाउने लक्ष्य राखेको छ ।’ परियोजना कोशी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुको संयुक्त साझेदारीको रुपमा सञ्चालन भईरहेको उहाँले बताउनुभयो । एवीसी नेपालको आवास गृहबाट तीन जिल्लाका ७८९ जनालाई विभिन्न सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो । औषधी उपचार, मनोसामाजिक परामर्श, लत्ता कपडा, कानुनी सेवा, पारिवारिक पुर्नमिलन, शिक्षा, जीवन उपयोगी तालिम दिईएको अध्यक्ष पन्तले बताउनुभयो । उहाँले भन्नुभयो,‘ तीन जिल्लाका ६३ जना हिंसा प्रभावितहरुलाई पारिवारिक पुर्नमिलन गराईएको छ ।’

विराटनगर महानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रहरी कार्यालय, महिला, वालवालिकातथा जेष्ठ नागरीक कार्यालय (महिला सेल), ओसिएमसि सुरक्षावास लगायतअ न्य सरोकारबाला निकायसँग समन्वय गरी पिडीत तथा प्रभावितहरुलाई मनोसामाजिक परामर्श तथा मनोशिक्षा, स्वास्थ्य सेवाओसिएमसँगको समन्वयमा कार्यक्रम सञ्चालन भईरहेको एवीसी नेपालले जनाएको छ । परियोजनाद्धारा सञ्चालित विभिन्न कार्यक्रममा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, मन्त्रालयका सचिव वासुदेव दाहाल, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बराल, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की लगायतका सरोकारवालाहरुले विभिन्न समयमा अनुगमन गरि उहाँहरुबाट प्राप्त सुझावहरु कार्यन्वयन गर्दै लगिएको अध्यक्ष पन्तले बताउनुभयो ।

                                                                                                                          परियोजनासँग संवन्धित विभिन्न तस्वीरहरु ।