विराटनगर ५ वैशाख । कोशी प्रदेश सरकारले एक सय दिने उपलब्धि सार्वजनिक गरेको । सरकार गठन भएको एक दिन पुरा गरेको अवसरमा मंगलबार सरकारले गरेका कामहरु मुख्यमन्त्री हिक्मतकुमारी सार्वजनिक गर्नुभयो ।
उहाँले सार्वजनिक गरेको उपलब्धि अनुसार शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण भएकोलगायतका विषय उल्लेख गर्नुभएको छ ।
कोशी प्रदेश सरकारको एक सय दिने उपलब्धि