कोशी प्रदेश समन्वय परिषद्मा कुन–कुन स्थानीय तहका को–को परे ?

विराटनगर ३० चैत । कोशी प्रदेशका १४ जना जनप्रतिनिधिहरुलाई प्रदेश समन्वय परिषद्मा मनोनित गरिएको छ । १४ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरि समन्वय परिषद् सदस्यहरु मनोनित गरिएको   हो ।
संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्वन्ध ) ऐन २०७७ को दफा २४ बमोजिम मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने प्रदेश समन्वय परिषद्को सदस्यमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा, पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम, इलामको इलाम नगरपालिकाका प्रमुख केदारबहादुर थापा, झापाको दमक नगरपालिकाका प्रमुख राम थापा, विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, सुनसरीको इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरी, धनकुटाको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता खेवा गुरुङ, तेहृथुमको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्वु, संखुवासभाको धर्मदेवी नगरपालिका उपप्रमुख तारा महत, भोजपुरको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदास, जिल्ला समन्वय समिति उदयपुरको प्रमुख गौरबहादुर विश्वकर्मा, खोटाङको केपीलासगढी गाउँपालिका उपाध्यक्ष गुरुराज राई, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, सोलुखुम्वुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई मनोनित गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रदेश भित्रका स्थानीय तह र जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख मध्येबाट प्रत्येक जिल्लाबाट एक–एक जना सदस्य समावेशीताका आधारमा मुख्यमन्त्रीले तोक्ने ऐनमा व्यवस्था रहेको छ । समन्वय परिषद्को सचिवालय मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ ।