विराटनगर २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अव तिव्रता पाउने आश्वासन दिनुभएको छ ।
राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गर्दै ‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’, उहाँले कांग्रेससँगको गठबन्धनबारे भन्नुभयोे, ‘तर जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी सबैका निम्ति खुशीको कुरा हो ।’
सरकारले पूर्णता पाइसकेको र राजनीतिक स्थिरता समेत कायम भइसकेकाले अव कामले गति लिने उहाँले जानकारी दिनुभयो । गोरखाबाटै निर्वाचित भएर आफू प्रधानमन्त्री भएकाले पनि गोरखाको बिकासका निम्ति आफूले सक्दो पहल गर्ने बताउनुभयो ।