तीन वर्ष भित्र वैजनाथपुर रङ्गशालालाई अन्तराष्ट्रिय स्तरको बनाईनेछ : मुख्यमन्त्री कार्की

विराटनगर २३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रमा राजनीति मिसाउने पक्षमा आफू नरहेको बताउनु भएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिभई विभिन्न विधामा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनीप्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । उहाँले खेलकुद विकास बोर्डलाई चाहिने आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आएपनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावितहुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासीज नजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशीप्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, मोरङको झापा वैजनाथपुर स्थित रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ ।’ मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगामी २÷३ वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यानदिनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललितनारायण राजवंशी र दीपेश कँडेललाई एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार , प्रिय राईलाई एक लाख नगद, डेनिका राईलाई २५ हजार, सागर यादव १५ हजार , निमाजि सीलााई १५ हजार, अंशु मण्डललाई , रंजु चौधरी,र पूजा चौधरीलाई पाँचहजार नगद सहित सम्मान गरिएको थियो ।