विराटनगर ६ चैत । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ ।
कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डको सोमबार सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले जनही १ लाख ११ हजार १११ नगद सहित सम्मानित गर्ने निर्णय गरेको बोर्डकी उपाध्यक्ष जीना कार्कीले जानकारी दिईन । विश्वकप क्वालिफायरमा पुर्याउने खेलाडिहरु नगद सहित सम्मान गर्ने निर्णय गरेको उनले बताईन ।
यसअघि विराटनगर महानगरपालिकाले जनही १ लाख १ हजार सहित सम्मान गर्ने निर्णय गरेको थियो । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताउनुभयो । चाँडै नै विशेष समारोह आयोजना गरेर सम्मान गरिने कोइरालाले जानकारी दिनुभयो ।
राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।