विराटनगर २७ फागुन । दोस्रो इक्युवालिटि कप महिला क्रिकेट २०२३ प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा आज भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७१ रनको सामान्य स्कोर बनाएको थियो ।
७२ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १० दशमलव १ बलमा ५ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी टिका साहले सर्वाधिक ३३ रनमा नटआउट भइन् । गत फाल्गुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।