विराटनगर २७ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्ताैलाले उजुरी दर्ता गराउनुभएको हो ।
आज बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि निर्वाचन कार्यक्रम तालिका अन्तर्गत उम्मेदवार विरुद्धको दावी विरोधको कार्यक्रम सूरु भएपछि बर्ताैलाले यादवको उम्मेदवारी विरुद्ध उजुरी गर्नुभएको हो ।
उजुरीमा नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६ को ५ अनुसार पनि उपराष्ट्रपतिको लागि उमेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिभन्दा फरक लिङ्ग वा समुदायको हुनुपर्ने उल्लेख भएको जिकिर गरिएको छ । इमेज खवरबाट