विराटनगर १६ माघ । विराटनगर रानी क्षेत्रबाट एक बालिका सहित दुई जनाको उद्धार गरिएको छ ।
साना हातहरु नेपालले भापाकी २७ बर्षिया महिला र १४ बर्षिया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो । माघ १२ गते झापाबाट काम खोज्दै विराटनगर आएका उनीहरुको भारतको सुपौलका ४० बर्षिय बाबु साहव र अररियाका मोहम्वत जागिरसँग विराटनगरको एक होटेलमा भेट भएको थियो ।
साहव र जागिरले काम लगाईदिने प्रलोभनमा होटेलमै राखेको र महिलालाई बलात्कार गरेको पीडितले बताएका छन् । माघ १३ गते विहान दुवै जनालाई भारत लैजान खोज्दा सीमा क्षेत्रबाट उद्धार गरिएको साना हातहरु नेपाल विराटनगरका प्रमुख विवश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भारत लैजान खोज्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु विरुद्ध मानव वेचविखन तथा ओसारपसार र जवरजस्ती करणीमा मुद्धा दर्ता गरिएको श्रेष्ठले बताउनुभयो ।