मानवअधिकार एलाईन्स प्रदेश अध्यक्षमा खनाल

विराटनगर, १४ माघ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल ( मानव अधिकार एलाईन्स) को प्रदेश १ को अध्यक्षमा सरिता खनाल निर्वाचित हुनु भएको छ ।

एलाईन्सको आज विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले खनालको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा खगेन्द्र पोखरेल, सचिवमा कविता बास्तोला, सहसचिवमा श्री रामसिंह राई, सदस्यहरुमा सविता पोखरेल, सुशिला कार्की, दीपक दास, मनप्रसाद नाल्बो, गणेश तिमल्सिना,हेमकुमारी पोखरेल, सुर्यप्रसाद अधिकारी र सुदीप लोहार रहेका छन् ।