प्रदेश १ : सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

विराटनगर २६ पुस । प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । उनलाई नेकपा एकिकृतले पनि समर्थन गरेको छ ।

ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद गौतमको प्रस्तावकमा एमालेका रेवतीरमण भण्डारी रहेका छन् । समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल बहादुर विश्वकर्मा छन ।

प्रदेश १ सरकारको मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । मंगलबार साँझ ५ वजे सम्मको मनोनयनको समय सम्ममा गौतमको मात्रै उम्मेदवारी परेको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले बताउनुभयो ।

सभामुखको निर्वाचन भने पुस २८ गतेका लागि निर्धारण गरिएको छ ।