मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रण संवन्धि माईती नेपालको अभिमुखीकरण

विराटनगर २६ कात्तिक । माईती नेपालले किशोरी तथा बालिकाहरुलाई लक्षित गरेर मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रण संवन्धि एक दिने कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ ।


तालिमका सहभागीलाई मानब बेचविखन तथा ओसारपार विरुद्ध कानूनी विषयक अभिमुखिकरण दिनुका साथै माइती नेपाल, मानव वेचविखन, र बाल यौन शोषणको वारेमा माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले सहजीकरण गर्नुभएको थियो ।


१८ वर्षभन्दा मुनिका वालिकाहरुलाई यस किसीमको ज्ञानको आवश्यकता वालिकाहरुले महसुस गरेको सहजकर्ता पोखरेलले बताउनुभयो । उहाmँे भन्नुभयो, ‘ सहभागी बालिकाहरुको प्रश्न, उत्साह र सहभागीताले त्यो देखाएको थियो ।’ यस किसिमको तालिम तथा कार्यक्रमहरु गाँउ गाँउमा, वडाहरुमा पनि गएर गर्नुपर्ने कुरामा वालिकाहरुको जोड रहेको पोखरेलले बताउनुभयो ।


कार्यक्रममा विराटनगर महानगरपालिकाका डिल्ली धिमालले माईती नेपालले गरेको सचेतनामुलक कार्यक्रमको प्रशंशा गर्नु भएको थियो । अभिमुखीकरणमा विराटनगर महानगरपालिका अन्र्तगतका बाल क्लवका २५ जना सहभागी भएका थिए । माईती नेपालकी गीताञ्जली शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।