विराटनगर -८ : ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रम सञ्चालन

विराटनगर २५ कात्तिक । विराटनगर वडा नम्बर ८ ले ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिएको छ ।

वडा कार्यालयले हरेक महिनाको अन्तिम शुक्रबार ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत शुक्रबार ६३ जना ज्येष्ठ नागरिकले सुगर जाँचको सेवा लिएको उहाँले बताउनुभयो । वडा कार्यालयमा आयोजित कार्यक्रममा न्यूरो अस्पतालले प्राविधिक सहयोग पुर्याएको थियो ।