ग्रामथानमा २६५ जनाको स्वास्थ्य परीक्षण

विराटनगर, ९ असोज । मोरङको ग्रामथान १ लखन्तरीमा शनिबार निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको छ ।

ग्रामथान गाउँपालिका वडा नम्बर १, हर्ड नेपाल र मेची अभियानको आयोजनमा एकदिने दीर्घकालीन मृगौला रोग, उच्च रक्तचाप, मधुमेह र मुटुको रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविरमा २६५ जनाको स्वास्थ परीक्षण गरिएको छ । डा. संजीव शर्मा नेतृत्वको टिमले रगत परीक्षण, इसीजी, इको लगायतको परीक्षण गरेका थियो । उनीहरूको ३ महिनापछि पुनः परीक्षण गरिने अभियानकर्ता राजीव चौधरीले बताउनुभयो ।

यसैवीच ग्रामथान १ को मुसहर बस्तीमा लामखुटेबाट बच्नको लागि १५७ घरमा झूल र लत्ताकपडा वितरण गरिएको छ । १५७ घरमा १र१ थान झुल र १ हजार ८ सय थान कपडा वितरण गरिएको थियो ।

कार्यक्रममा ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार, वडा नम्बर १ का वडाध्यक्ष सुरेशकुमार माझी, मेची अभियानका संस्थापक विजय डालमिया, हर्ड नेपाल संयोजक ज्ञानु गौतम लगायतको सहभागीता रहेको थियो ।